Trending :
 

भष्ट्राचाररहित सरकारी संयन्त्र र जनताले अनुभूत हुने गरी काम गर्छौः रवि

बैशाख १२,२०८०

-आस्था न्यूज

वैशाख १२, २०८० काठमाडौं । 
चितवन-२ को उपनिर्वाचनमा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउने बताएका छन् ।
 
भारी मतान्तरसहित दोस्रोपटक चितवन-२ बाट विजयी भएका लामिछानेले सञ्चारकर्मीसँग प्रतिक्रिया दिंदै जनताले खोजेको भष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरुले मुख्य जोड त्यसैमा रहने बताए ।
उनले भष्ट्राचारसहित सरकारी संयन्त्र र जनताले अनुभूत हुने गरी सुशासन कायम गर्न लागिपर्ने बताए । 
 
सभापति लामिछानेले अहिलेको सरकारलाई दिएको विश्वासको मतका बारेमा सोचेर सल्लाह गरेर पुनर्विचार गर्ने पनि बताए ।