Trending :
 

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

बैशाख १३,२०८०

-आस्था न्यूज

वैशाख १३, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज वैशाख १३ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७७ पैसा र बिक्री दर १३१ रुपैयाँ ३७ पैसा पुगेको छ।
 
यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७१ पैसा र बिक्री दर १६३ रुपैयाँ ४६ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७९ पैसा र बिक्री दर ३५ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।