Trending :
 

सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट

बैशाख १३,२०८०

-आस्था न्यूज

वैशाख १३, २०८० काठमाडौं ।
सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १३.६८ अंकले गिरावट हुँदा १८९२ को विन्दुमा बन्द भएको छ ।
 
मंगलबार उचारचढावबीच अन्तिम समयमा दोहोरो अंकले बढेको नेप्से बुधबार नै पुनः ओरालो लागेको हो । बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै लगेको र तरलता सहज बन्दै गएको छ । तर, नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा तोकेको उच्च जोखिम भारले गर्दा पूँजीकोषको दबाब झेलिरहेका बैंकहरुले खुलेर सेयर धितोमा कर्जा लगानी गरेका छैनन् ।
 
अर्कोतर्फ आर्थिक गतिविधि कमजोर हुँदा नगद प्रवाहको समस्यामा रहेका व्यवसायीले पनि सेयर बजारमा लगानी बढाउन नसक्दा सेयर बजारमा सुस्तता देखिएको छ । 
 
बुधबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि दोहोरो अंकले गिरावट भएको हो । विकास बैंक, होटल तथा पर्यटन र लगानी उपसूचकमा १ प्रतिशत भन्दा बढीको गिरावट भएको छ ।