Trending :
 

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

बैशाख १३,२०८०

-आस्था न्यूज

वैशाख १३, २०८० काठमाडौं ।
बागमती सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
 
प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सभाको हिँउदे अधिबेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री गंगा श्रेष्ठले जानकारी दिए ।
 
मन्त्रिपरिषद बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति पनि दिएको छ ।
 
यसैगरी युवा वैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिएको उनले बताए ।