Trending :
 

चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको ओलीको भनाई

बैशाख १३,२०८०

-आस्था न्यूज

वैशाख १३, २०८० काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन् । झापाको बुद्धशान्ति गाउँपालिकाले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको ग्रासरुट अभियानमार्फत् पार्टीलाई चलायनमान बनाउन सबै कार्यकर्तालाई आग्रह गरेका हुन् । 
 
एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको उनको भनाइ छ । उनले चारजना व्यक्तिले विगत ७४ वर्षअघि स्थापना गरेको पार्टी आज जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको बताए। 
 
वैशाख १० गते सम्पन्न उपचुनावमा एमाले तीनवटै निर्वाचन क्षेत्रमा पराजित भएको थियो । चितवन(२, तनहुँ(१ र बारा(२ मा भएको उपचुनावमा एमाले उम्मेदवार तेस्रो भएका छन् ।