काठमाडौंका सबै ठाउँका सिसीटिभीको व्यवस्था गर्न माग
-आस्था न्यूज
वैशाख १३, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सिसीटिभीको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढदै गईरहेको उल्लेख गर्दै उहाँले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सिसीटिभी जडान गर्नुपर्ने बताउनुभएको हो ।
बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कपनस्थित सरस्वती नगरमा एक महिलाको दिनहदाडै हत्या भएको ७ दिन बित्दा लाग्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने काम गर्न नसकेकोमा आक्रोश समेत व्यक्त गर्नुभयो ।
महामन्त्री थापाले सो घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याई दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।