Trending :
 

मेन्छियाम हाइड्रोपावरको सेयर बाँडफाँट

बैशाख १३,२०८०

-आस्था न्यूज

वैशाख १३, २०८० काठमाडौं ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयर बाँडफाँट गरेको छ। कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण सेयर आज बाँडफाँट गरेको हो।
 
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार सर्वसाधारणलाई नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण सेयरका लागि आवेदन आह्वान गरेकामा ११ लाख ७४ हजार दुई सय २८ जना आवेदकबाट एक करोड २५ लाख ८१ हजार दुई सय ७० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो।
 
कम्पनीले रीतपूर्वक प्राप्त आवेदनमध्येबाट गोलाप्रथाद्वारा १० कित्तादेखि एक हजार कित्ता सेयर आवेदन गर्ने ९४ हजार चार सय सात आवेदनकर्तालाई १० कित्ताका दरले र थप चार जनालाई ११ कित्ताका दरले बाँडफाट गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले जानकारी दिए। सो कम्पनीले यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र कम्पनीका कर्मचारीलाई सेयर बाँडफाँट गरिसकेको छ।