Trending :
 

एक सय रुपैयाँले घट्यो सुनको भाउ

बैशाख १४,२०८०

-आस्था न्यूज

बैशाख १४, २०८० काठमाडौं ।
सुनको भाउ नेपाली बजारमा घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। बुधबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार प्रतितोला १०० रुपैयाँ घटेको हो।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसैगरि तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
 
यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा २०० रुपैयाँमा कारोबार भएको थियो।
 
चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।