Trending :
 

राष्ट्रिय सभा बैठक भोलिका लागि सर्यो

बैशाख १४,२०८०

-आस्था न्यूज

बैशाख १४, २०८० काठमाडौं ।
आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक भोलिका लागि सारिएको छ ।
 
आज दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको बैठक विशेष कारणले भोलि शुक्रबारका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
 
उनका अनुसार अब राष्ट्रिय सभा बैठक शुक्रबार अपरान्ह ४ बजेर १ मिनेटमा बस्नेछ ।