साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य करेक्सन
-आस्था न्यूज
बैशाख १४, २०८० काठमाडौं ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य करेक्सन आएको छ। आज नेप्से २।२७ अंकले घटेर १८८९.७३ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स ०.४६ अंकले घटेर ३६१.०९ विन्दुमा अडिएको छ। नेप्से ओरालो लागेसँगै कारोबार रकम बुधबारको तुलनामा घटेको छ। आज २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँमा खरिदबिक्री भयो।
अघिल्लो कारोबार दिन अर्थात् बुधबार नेप्से परिसूचक १३.६८ अंकले घटेको थियो। सो दिन २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर ८४ करोड ७० लाख २८ हजार २१९ रुपौयाँमा खरिदबिक्री भएको थियो।
यसदिन कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। सिटीजन्स म्युचुअल फन्ड २ को सेयर मूल्य सर्वाधिक ५.८५ प्रतिशतले बढ्यो। यस्तै तेहथुम पावरको सेयर मूल्य ५.०८ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा एभरेष्ट बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३ करोड ७६ लाख ९१ हजार मूल्य बराबरको सेयर कारोबार भयो। नविल बैंकको ३ करोड २७ लाख र शिवम् सिमेन्टको ३ करोड १ लाख मूल्यको सेयर कारोबार भयो।