अमेरिकाको टेक्सासमा गोली हानी ५ जनाको हत्या

बैशाख १७,२०८०

-आस्था न्यूज

वैशाख १७, २०८० काठमाडौं । 
अमेरिकाको टेक्सासस्थित होन्डुरसमा बालकसहित पाँचजनाको गोली हानी हत्या गरेको छ । ह्युस्टनको उत्तरमा रहेको सान ज्याकिन्टो काउन्टीको क्लिभल्याण्डको सानो सहरमा शुक्रबार राति गोली हानेर हत्या गरिएको हो । 
 
सान ज्याकिन्टो काउन्टीका शेरिफ ग्रेग क्यापर्सले शुक्रबार राति ११ः३० बजेतिर ‘आक्रमण’ बारे फोन आएपछि अधिकारीहरू निवासमा जाँदा डरलाग्दो दृश्य देखेको बताएका छन् ।
 
क्यापर्सका अनुसार मारिनेहरूमध्ये दुई जना महिला पनि थिए जो दुई जीवित बच्चाहरूको टाउकोमा सुतिरहेका थिए ।
 
आठदेखि ४० वर्ष उमेर समूहका ती पीडित परिवार घरको अगाडिको ढोकादेखि भित्री शयनकक्षसम्म मृत भेटिएका थिए । घरभित्र नरसंहारमा बाँचेका दुईजना बालबालिकालाई दुई महिलाले शरीरले छेकेर बचाएको तर महिलाहरू सुतेको अवस्थामा मृत फेला परेका थिए ।
 
उनले बच्चालाई सुताउने प्रयास गरिरहेका बेला आक्रमणकारीले गोली चलाएपछि उक्त परिवारका सदस्यले आक्रमण रोक्न आग्रह गरेका थिए ।
 
“सबै पीडितलाई खासगरी टाउकोलाई बढी लक्षित गरी घाँटीदेखि खुट्टासम्म गोली हानिएको थियो,” उनले भने ।
 
“आक्रमणकारीले रक्सी पिइरहेका थिए र पीडित परिवारको अनुरोधपछि ‘म मेरो अगाडिको आँगनमा जे गर्न चाहन्छु त्यही गर्नसक्छु’ भनेको एक प्रत्यक्षदर्शीलाई उद्धृत गरी केटीआरकेसँग क्यापर्सले भने ।   
 
क्यापर्सले पत्रकारहरूसँग भने, आक्रमणको समय उक्त घरमा १० जना रहेका थिए ।” उनीहरू होन्डुरसबाट टेक्सासमा आई बसोबास गर्दै आएका थिए ।
 
मेक्सिकन रहेको अनुमान गरिएको संदिग्धको नाम ३८ वर्षीय फ्रान्सिस्को ओरोपेज रहेको छ । उनी अझै फरार छन् र हतियारधारी रहेको अनुमान गरिएको छ। उनीमाथि हत्याको पाँचवटा मुद्दा लगाइएको छ ।
अनुसन्धानकर्ताहरूले हतिहारधारीले आफ्नो एआर–१५ शैलीको बन्दुकबाट नजिकैको आँगनमा गोली चलाएको पहरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ । हतियारधारीको खोजी गरिरहेको स्थानीय अधिकारीले बताएका छन् । बीबीसीको सहयोगमा