ए डिभिजन लिगमा आज चार खेल हुँदै
-आस्था न्यूज
वैशाख १७, २०८० काठमाडौं ।
सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार चार खेलहरु हुँदैछन् ।
लिगको १३ औं चरण अन्तर्गत आइतबार अन्तिम चार खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता मछिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र सातदोबाटोबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
मछिन्द्र पाँचौं जित निकाल्ने योजनामा हुनेछ । मछिन्द्र १२ खेलमा १७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
सातदोबाटो सातौं जितको खोजीमा हुनेछ । सातदोबाटो १२ खेलमा २१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
रंगशालामै हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीचको बाँकी खेल समेत हुनेछ । हिमालयन र आर्मीबीचको खेल दिउँसो ४स्३० बजे सुरु हुनेछ ।
हिमालयन र आर्मीबीचको खेल शनिबार भारी वर्षा र चट्याङको कारण स्थगित भएको थियो ।
हिमालयन र आर्मीबीचको खेल ७१ औं मिनेटमा रोकिएको थियो । त्यहिँ समयबाट दुई टोलीबीचको खेल हुनेछ ।
हिमालयन र आर्मी १-१ गोलको बराबरीमा रहेका छन् । नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १(१ गोलको बराबरीमा ल्याएका थिए ।
हिमालयन आज चौंथो जितको योजनामा हुनेछ । हिमालयन १२ खेलमा १३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
आर्मी छैटौं जितको खोजीमा हुनेछ । आर्मी १२ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यस्तै एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र मनाङबीचको खेल दिउँसो ३स्३० बजे सुरु हुनेछ ।
यस खेल शनिबार नै रंगशालामा हुने तय थियो । तर, भारी वर्षा र चट्याङको कारण खेल स्थगित भएको हो ।