Trending :
 

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने नगर्नेबारे छलफल गर्न रास्वपाले बोलायो बैठक

बैशाख १७,२०८०

-आस्था न्यूज

वैशाख १७, २०८० काठमाडौं । 
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ ।
 
उपनिर्वाचनबाट सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले निर्वाचित भएपछि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।
 
सोमबार दिउँसो तीन बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेरनलिने र दलको नेता चयनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।
 
संसदीय दलको बैठकको पूर्वसन्ध्यामा सभापति लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।