Trending :
 

वैज्ञानिक महावीर पुनका माग अविलम्ब पुरा गर्न कांग्रस महामन्त्री शर्माको आग्रह

बैशाख १७,२०८०

-आस्था न्यूज

वैशाख १७, २०८० काठमाडौं । 
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आन्दोलनमा उत्रिएका वैज्ञानिक महावीर पुनसँग संवाद गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। 
 
नवप्रवर्तन तथा आविस्कारका क्षेत्रमा लगानी बढाउन माग गर्दै पुनले काठमाडौको माइतीघरमा आन्दोलन गर्दै आएका छन्। शर्माले सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई नै मेन्सन गर्दै पुनसँग संवाद गर्न र उनका मागहरु तत्काल सम्बोधन गर्न आग्रह गरेका छ। 
 
‘महावीर पुनसँग अविलम्ब संवाद गर्न सरकारलाई आग्रह ! आविस्कार केन्द्र स्थापना गरेर रास्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहनुभएका व्यक्तित्वको कदर गर्दै सम्माननीय प्रधानमन्त्रीलाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछु,’ शर्माले ट्विट गरेका छन्।