Trending :
 

नेपालको राजनीति विकृत बन्दै गएको समाजवादीका अध्यक्ष नेपालको भनाई

बैशाख १८,२०८०

-आस्था न्यूज

बैशाख १८, २०८० काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताएका छन् । सोमवार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपाल ९आईसीटीयु० को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीतिमा जमेको फोहोर सफा गर्नुपर्ने बताएका हुन् । 
 
उनले राजनीति मानिसका लागि घृणाको विषय बनेको बताए । नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति उनले आपत्ति जनाए । हामी राजनीतिमा जमेको फोहोर सफा गर्न चाहन्छौँ ।
 
देशको राजनीतिलाई पनि राम्रो दिशामा लैजान चाहन्छौँ, उनले भने, राजनीति मानिसका लागि घृणाको विषय बनेको छ । नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएको छ । किनभने विकृत भएको छ । भ्रष्टाचारमा डुबेको छ । नकारात्मक र निराशाजनक कुरामा जुध्नुपर्छ ।’