Trending :
 

उपेन्द्र यादवले लिए प्रतिनिधिसभा सदस्यको सपथ

बैशाख १९,२०८०

-आस्था न्यूज

वैशाख १९, २०८० काठमाडौं ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिएका छन् ।
 
सिंहदरबारस्थित एक कार्यक्रमकाबीच अध्यक्ष यादवलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ खुवाएका हुन ।   
 
गत बैशाख १० गते भएको उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि बारा २ बाट यादव निर्वाचित भएका थिए । 
 
 सो उपनिर्वाचनबाट निर्वाचित अन्य दुई सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यस अघि नै सपथ लिईसकेका छन् ।