Trending :
 

संघीय संसद्को बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

बैशाख २०,२०८०

-आस्था न्यूज

वैशाख २०, २०८० काठमाडौं ।
सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो ।
 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका अनुसार बजेट अधिवेशन वैशाख २४ गते ४ बजे बोलाउनका लागि सिफारिस गर्ने निर्णय भएको हो ।
 
बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।