Trending :
 

वैशाख २४ गतेदेखि बजेट अधिवेशन आह्वान

बैशाख २०,२०८०

-आस्था न्यूज

वैशाख २०, २०८० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गते आइतबार ४ बजेका लागि संघीय संसद्‍का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
 
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार संसद्को अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपतिले अधिवेशन आह्वान गरेसँगै संसद् सचिवालयले सूचना जारी गरेर सांसदहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको छ ।
 
मन्त्रिपरिषद्को बुधबारको बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो । बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।