Trending :
 

नवनियुक्त कांग्रेसका तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

बैशाख २१,२०८०

-आस्था न्यूज

वैशाख २१, २०८० काठमाडौं ।
नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीको शपथ खुवाएका छन् । 
 
राष्ट्रपतिले संविधानको धारा ८० बमोजिम उनीहरुको शपथ गराएका हुन् । बुधबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले तीन जना मन्त्रीलाई नियुक्त गरेका थिए । 
 
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शपथ ग्रहणलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । 
 
प्रधानमन्त्रीले बुधबार गुरुङलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपतिले बुधबार नै गुरुङलाई कानुन मन्त्रीमा नियुक्त गरेका थिए ।