Trending :
 

बजेटका बारेमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

बैशाख २२,२०८०

-आस्था न्यूज

बैशाख २२, २०८० काठमाडौं। 
नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।  
 
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ । 
 
गत बुधवार पनि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो । 
 
 बैठक अपरान्ह बस्ने स्रोतले जनाएको छ ।