Trending :
 

आन्तरिक कमजोरीका कारण उपनिर्वाचनमा हार बेहोर्नुपरेको शशाङ्क कोइरालाको भनाई

बैशाख २२,२०८०

-आस्था न्यूज

वैशाख २२, २०८० काठमाडौं । 
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन् । आज चितवनमा पत्रकारहरूसँगको कुराकानीमा उनले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताएका हुन् । 
 
उनले लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी रहेको बताए । पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरूको उदयमान हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ । 
 
उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उनको अनुमान छ । अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको उनको भनाइ थियो ।