Trending :
 

संघीय संसद अन्तर्गत दुवै सदनको बजेट अधिवेशन भोलीबाट सुरु हुँने

बैशाख २३,२०८०

-आस्था न्यूज

बैशाख २३, २०८० काठमाडौं ।
संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ ।
 
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आह्वान गरेका हुन् ।
 
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।
 
आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सोअघिका नीति तथा कार्यक्रमबारे दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।