Trending :
 

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने दाषीलाई कारबाही गर्न खट्टा नकमाउन आग्रह

बैशाख २४,२०८०

-रासस

वैशाख २४, २०८० काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् ।
 
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उनले यसमा सहभागी साना ठूला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
 
पूर्वप्रधानमन्त्री नेपालले सरकारले घटनामा संलग्न दोषीलाई बचाउन आउने उच्च दबाबसामू कुनै पनि हालतमा झुक्नु नहुने बताए । उनले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरुलाई कानुनको दायरामा ल्याएको सजायको भागिदार बनाउनुपर्नेमा जोड दिए ।