सरकार जोखिमपूर्ण अवस्थामा रहेको पशुपतिशमशेरको टिप्पणी
-आस्था न्यूज
वैशाख २४, २०८० काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले सरकार जोखिमपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् ।
आइतवार पार्टी निकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै जबराले देश कुनैपनि बेला दुर्घटनामा जानसक्ने जिकिर गरे । तर राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्देनको अध्यक्षतामा रहेर जस्तोसुकै परिस्थितिको सामना गर्न सक्षम रहेको उनको भनाइ छ ।
उनले भने, ‘सरकार कहाँ जाने, के हुने कसैलाई थाहा छैन, कुनैपनि बेला जे पनि हुनसक्छ । तर यो बिडम्बनापूर्ण परिस्थितिमा हामी ढुक्क हुने आधार छैन । यो मुलुकमा जस्तो जे स्थिति आउँछ, राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्देनको अध्यक्षतामा त्यो परिस्थितिलाई सामना गर्न तयार छ ।’