Trending :
 

सांसद्को सम्पत्ति विवरण जनताले थाहा पाउने गरि वेबसाइटमा राख्न आरजु राणाको माग

बैशाख २४,२०८०

-आस्था न्यूज

वैशाख २४, २०८० काठमाडौं ।
प्रतिनिधि सभा सदस्य डा।आरजु राणा देउवाले सांसद्हरुको सम्पत्ति जनताले देख्नेगरी सार्वजनिक गर्नुपर्ने बताएकी छन्। संसद्मा बोल्दै सांसद् देउवाले सबै सांसद्हरुको सम्पत्ति विवरण प्रकाशित गर्नुपर्ने र त्यो सम्पत्ति जनताले देख्ने गरी सार्वजनिक गर्नुपर्ने धारणा राखेकी हुन्।
 
देउवाले भनिन्, ‘मेरो श्रीमान् आजसम्म ६ पटक प्रधानमन्त्री भइसक्नुभएको छ। हाम्रो सम्पत्ति विवरण मेरो लगायत नेपाल सरकारसँग सुरक्षित छ। हामी सांसद्हरुको सम्पत्ति विवरण प्रकाशित होस्  र, सम्पत्ति विवरण वेबसाइटमा राखियोस्। जनताले सबैले देखोस्। कति सम्पत्ति थियो ? कति बढ्यो ? कति घट्यो? स्रोत के हो ? ’
 
भ्रष्टाचारको विषयमा सांसद्हरु साँच्चिकै कत्तिको संवेदनशील छौं ? भन्ने प्रश्न खडा भएको उनको भनाई छ। देउवाले भनिन्, ‘मेरो ठूलो प्रश्न छ। म नभएको दिनमा मेरो नामलाई इकींत गरेर अनेक थरीका प्रश्नहरु उठेको छ। नारीले आफ्नो देशमा आफ्नो हैसियतमा राजनीति गरेको सैह्य हुने रहेनछ। पुरुषले भनेको ठाउँमा मात्रै नारी बस्नुपर्ने ? उनीहरुले भनेको मात्रै हामीले भाष्य बोल्नुपर्ने ? उनीहरुले भनेको मात्रै हामीले अभ्यास गर्नुपर्ने ? महिला सार्वजनिक जीवनमा आएपछि पुरुषलाई असह्य हुने रहेछ। यो परिस्थिति यहाँ बनेको छ। जति आलोचना गरेपनि मैले केहि बिराएको छैन। म डराउँदिनँ।’