Trending :
 

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

बैशाख २५,२०८०

-आस्था न्यूज

वैशाख २५, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज वैशाख २५ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा पुगेको छ।
 
यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५६ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १० पैसा र बिक्री दर १६५ रुपैयाँ ८६ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६५ पैसा र बिक्री दर ३५ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।