Trending :
 

सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्यो

बैशाख २५,२०८०

-आस्था न्यूज

बैशाख २५, २०८० काठमाडौं ।
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा करोबार भएको थियो ।
 
तेजाबी सुन आज प्रतितोला एक लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
 
आज चाँदीको मूल्य स्थिर छ । चाँदी आज प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदीको मूल्य लगातार तीन दिनदेखि स्थिर छ ।