Trending :
 

अर्थतन्त्र सुधारका लागि झारफुकले नहुने र सर्जरी नै गर्नुपर्ने स्वर्णिम वाग्लेको भनाई

बैशाख २५,२०८०

-आस्था न्यूज

बैशाख २५,२०८० काठमाडौं। 
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लले अर्थतन्त्र संकटमा परेको बेलामा अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले मात्रै न्याय गर्न नसक्ने बताएका छन् । 
 
सोमबार प्रतिनिधि सभाको बैठकमा भएको विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै वाग्लेले अहिलेको अर्थतन्त्रको सुधारका लागि झारफुकले नहुने र सर्जरी नै गर्नुपर्ने आवश्यकता रहेको बताए । 
 
‘सरकारले हिजो रातिसम्म ७ खर्ब ३३ अर्बको राजश्व संकलन गरेको छ भने १० खर्ब १६ अर्ब खर्च छ । त्यति ठूलो खाडल कसरी पूरा गर्ने रु’ वाग्लेले भने ‘कर्जा लगानी र आर्थिक वृद्धिबीचको ठूलो भ्वाङ छ । 
 
कर्जा नियमित रुपमा २२ प्रतिशत वृद्धि भइरहेको छ । अर्थतन्त्रको गतिसँग समान देखिरहेका छैनौं । कहाँ चुहिरहेको छ ।’ यी विषयमा सरकारले फरक ढङ्गले सोच्नुपर्ने र प्राथमिकता पुनःमूल्याङ्कन गर्नुपर्ने उनले बताए ।