Trending :
 

प्रचण्डलाई हिरोइज्मको व्यापार नगर्न ओलीको आग्रह, शरणार्थी प्रकरणमा दबाब नदिएको दाबी

बैशाख २५,२०८०

-आस्था न्यूज

बैशाख २५, २०८० काठमाडौं। 
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हिरोइज्मको व्यापार नगर्न आग्रह गरेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री प्रचण्डले आफूले दबाब दिएको मनसायको अभिव्यक्ति दिएपछि ओलीले यस प्रकारको खेल नचल्ने बताए।
 
ुप्रधानमन्त्रीले हरेक प्रकारको भ्रष्टाचार काण्डको छानबिन गर्नुपर्छ। यसबीचमा प्रचण्डजी र मेरो दुई घन्टा छलफल भएको हो। भेटमा मैले निर्दोषलाई फसकाउने काम नहोस्। दोषी कोही नउम्किउन भनेको हुँ। लगत्तै उहाँले दबाब दिएको भन्नुभयो। उहाँले भनोस् कसले दबाब दिएको छ। भ्रष्टाचार छानबिन गर्न सकेको रोकेको छ। प्रधानमन्त्रीले त यसप्रकारका सबै भ्रष्टाचारको छानबिन गर्नुपर्छ। तर प्रधानमन्त्री भएर यस प्रकारको खेल चल्दैन प्रचण्डजी। हिरोइज्मको व्यापारले चल्दैन,उनले भने।
 
उनले प्रधानमन्त्रीलाई भ्रष्टाचारको फिल्म देखाउन आग्रह गरे। उनले अन्यत्र सबै ठाउँमा फिल्म चलिसकेकाले तपाइँको हलमा कहिलेदेखि लाग्ने भन्दै प्रश्न गरेका थिए। 
 
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीसमेत मुछिएका छन्। प्रहरीले पक्राउ पूर्जी जारी गरे पनि रायमाझी फरार रहेका छन्। ओलीले भ्रष्टाचार छानबिनको एमालेले साथ दिने बताए। तर कसैले खेदीखेदी तान्छ भने त्यसलाई एमालेले टोलरेट नगर्ने ओलीको भनाइ छ।