Trending :
 

भारतमा पर्यटक डुंगा डुब्दा २२ जनाको मृत्यु

बैशाख २६,२०८०

-आस्था न्यूज

बैशाख २६, २०८० काठमाडौं ।
भारतमा एउटा पर्यटक डुंगा डुब्दा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
 
दक्षिणी राज्य केरलाको मालापुरम जिल्लामा कम्तीमा ३० जना यात्रु बोकेको डबल डेकर डुंगा दुर्घटनाको थप कारण स्पष्ट हुन सकेको छैन ।
 
दर्जनौं मानिसहरूले रातभर आंशिक रूपमा डुबेको डुंगा र वरपर बाँचेकाहरूको खोजी सुरू गरेका र खोजी सोमबारसम्म जारी राखिएको थियो ।
 
एक प्रहरी अधिकारीले एएफपीलाई दिएको जानकारी अनुसार अहिलेसम्म १५ महिला र सात पुरुष गरी २२ जनाको शव निकालिएको छ । ६ जनालाई उपचारका लागि अस्पतालमा लगिएको छ । उद्धार कार्य जारी छ ।
 
स्थानीय प्रकाशन ओन्मानोरमाका अनुसार दुर्घटनामा तीन बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।
 
पति र छोरीसँगै डुंगामा रहेकी रजिसाले डुंगामा सवार अधिकांश यात्रु बालबालिका रहेको र यात्राका क्रममा डुंगाबाट धुवाँ निस्केको बताए।
 
एनडिटिभीका अनुसार राष्ट्रिय विपद् प्रतिकार्य बल र भारतीय तटरक्षकबलका कर्मचारीसहित उद्धार टोलीले पानीमुनिको क्यामेराप्रयोग गरेर हराइरहेकाहरूको खोजी गरिरहेका छन् ।
 
राज्यको विपक्षी कांग्रेस पार्टीका राजनीतिज्ञ भीडी सतीसनले दुर्घटना हेलचक्र्याँइका कारण भएको भन्दै यसको छानबिनको माग गरेका छन् ।
 
केरलाका खेलकुद तथा मत्स्यपालन मन्त्री भी अब्दुरहिमानले मृत्यु हुनेमा अधिकांश विद्यालय बिदामा रहेका बालबालिका रहेको बताएका छन् । डुंगामा करिब ३० जना सवार रहेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा