साउदीको नेपाली दूतावासले पनि दिन थाल्यो पुनः श्रम स्वीकृति

बैशाख २६,२०८०

-आस्था न्यूज

बैशाख २६, २०८० काठमाडौं। 
साउदीमा रहेको नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृति दिन थालेको छ ।
 
यही वैशाख २४ गतेदेखि साउदीको रियादमा रहेको नेपाली दूतावास र साउदीकै जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासबाट पुनः श्रम स्वीकृति दिन थालिएको दूतावासले जनाएको छ । 
 
दूतावासले पुनः श्रम स्वीकृति सेवा सुरु गरेसँगै अब साउदीमा कार्यरत रहेका घरेलु श्रमिकहरूले पनि श्रम स्वीकृति नवीकरण दूतावासबाटै गर्न सक्छन् । श्रमस् नवीकरणका लागि वैदेशिक रोजगार विभागको feims.dofe.gov.np मार्फत आवेदन दिन पर्छ । 
 
आवेदन दिनका लागि राहदानीको फोटोकपी, इकमाको फोटोकपी, रि इन्ट्री भिसा९छुट्टीको कागज० भएकाले त्यस भिसाको प्रतिलिपि र बिदा सकिने अवधि खुलेको कागज र रि इन्ट्री भिसा नभएकाहरूले इकमाको म्याद खुलेको छाप वा अबसिरबाट इकमाको म्याद देखिने गरी स्क्रिनसट गरिएको फोटो अपलोड गर्न पर्छ । 
 
साथै यसअघि श्रम स्वीकृति लिँदाको र अहिले कार्यरत रहेको कम्पनी फरक फरक भएमा अहिले कार्यरत कम्पनीसँग गरिएको करार सम्झौता पत्रका साथै सवारी चालकहरूको हकमा साउदी अरबबाट जारी भएको सवारी चालक अनुमति पत्र पनि आवश्यक पर्ने दूतावासले जनाएको छ ।
 
यस्तै साउदीमा कार्यरत रहेका घरेलु श्रमिकहरूले पनि दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सक्ने दूतावासले जनाएको छ ।
 
साउदीमा घरेलु श्रमिकका रूपमा कार्यरत रहेकाहरूले पुनः श्रम स्वीकृति लिनका लागि रोजगारदाता९कफिलको आइडी०को परिचयपत्र, तलब, भत्ता लगायत अन्य सेवा सुविधा खुलेको करार सम्झौता पत्र र स्वघोषणा पत्र पनि पेस गर्नुपर्छ ।
 
सबै विवरण भरेर आवेदन दिएपछि दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सकिन्छ । यसअघि मलेसिया र कतारमा रहेको नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृति दिन थालिसकेका छन् । यसअघि विदेशमा रहेका नेपालीहरू श्रम स्वीकृति लिनकै लागि नेपाल आउनु पर्ने बाध्यता थियो ।