Trending :
 

सरकारले समाजिक न्याय, सुशासन र विकास निर्माणका काम गरिरहेको प्रचण्डको भनाई

बैशाख २६,२०८०

-आस्था न्यूज

वैशाख २६, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले तीन विषयमा मुख्यरुपमा काम गरिरहेको बताएका छन् । काभ्रेको महाभारत गाउँपालिकामा सडक शिलान्याश कार्यक्रममा पुगेका प्रचण्डले सरकारले समाजिक न्याय, सुशासन र विकास निर्माणमा काम गरिरहेको बताएका । 
 
आफ्नो नेतृत्वमा रहेको सरकारले यी विषयमा विशेषरुपले काम गरिरहेको बताउँदै सुशासन कायम गर्नका लागि नयाँ लडाइमा रहेको बताए । सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिले सरकारले कदम चालिरहेको उनको भनाइ  छ। उनले यो कदममा विगतमा जस्तो सरकारलाई जनता र पार्टीको सहयोग चाहिने  बताए ।
 
सुशासन कायम गर्ने विषयमा अघि बढेका कामहरूमा सरकार पछि नहट्ने समेत प्रचण्डले उद्घोष गरे ।  महाभरत गाउँ पालिकामा विद्युतको केन्द्रीय प्रसारण लाइन उद्धघाटन गर्दै प्रचण्डले छिटै भारतको भ्रमण गर्ने र विद्युत क्षेत्रको विषयमा छलफल अघि सार्ने बताए । 
 
ुहामी अहिले  विद्युत उत्पादन गरेर भारतलाई बिक्री गरिरहेका छौं, अब विद्युत उत्पादन वृद्धि गरेर छिटै अन्य मुलुकमा समेत बिक्राका लागि पहल गर्नेछौं,ु उनले भने ।
 
काभ्रे र सिन्धुलीको सिमाना भएर बग्ने कोखाजोर खोलामा जलासयसहितको एक सय १० मेगावाटको विद्युत उत्पादनको विषयमा सरकारले काम गर्ने बताए।  हिजो विभेदमा परेको क्षेत्रलाई अगाडि बढाउने नीति लिएको पनि दाहालले बताए ।