आगामी जेठ १ र २ मा बंगलादेशमा नेपाल-बंगलादेश ऊर्जा वार्ता हुने

बैशाख २७,२०८०

-आस्था न्यूज

वैशाख २७,  २०८० काठमाडौं ।
आगामी १ र २ जेठ (१५ र १६ मे) मा बंगलादेशमा नेपाल–बंगलादेश ऊर्जा वार्ता हुने भएको छ । पहिलो दिन संयुक्त कार्य समूहको बैठक बस्ने छ भने दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्नेछ ।
 
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार बैठकमा सुनकोशी-३ को आयोजना विकासका सम्बन्धमा छलफल हुनेछ ।
 
यो परियोजना नेपाल र बंगलादेशले संयुक्त रुपमा बनाउने सहमति भइसकेको छ र त्यसअनुसार नेपालले बंगलादेशलाई सम्भाव्यता अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बंगलादेशलाई पनि उपलब्ध गराएको छ । 
 
यसबारे अध्ययन गरेर आयोजना अघि बढाउने सहमति अनुसार बैठकमा सुनकोशी-३ को निर्माणका लागि संयुक्त कम्पनी स्थापनाबारे छलफल हुनसक्ने सम्भावना छ ।
 
९ भदौ २०७९ मा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा सुनकोशी-३ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन बंगलादेशलाई दिने सहमति भएको थियो ।