Trending :
 

खाँणलाई निलम्बन गर्ने बारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

बैशाख २८,२०८०

-आस्था न्यूज

वैशाख २८, २०८० काठमाडौं ।
नेपाली कांग्रेसको पूर्वपदाधिकारीसहित पदाधिकारी  बैठक आज बस्दै छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले आजका लागि पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक बोलाएको हो ।  
 
बुधबार बसेको कांग्रेस पदाधिकारीको बैठकमा पूर्वपदाधिकारीमा प्रकाशमान सिंह मात्र सहभागी थिए । बैठकमा नक्कली शरणार्थी प्रकरणलगायत विषयमा छलफल हुनेछ । 
 
बुधबारको बैठकमा दुई महामन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका हुन् ।
 
नक्कली भुटानी शरणार्थी  प्रकरणमा पार्टीले अनुसन्धानमा सहयोग गर्न उनलाई निलम्बन गर्नुपर्ने महामन्त्री थापा र शर्माको तर्क थियो ।