Trending :
 

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

बैशाख २८,२०८०

-आस्था न्यूज

वैशाख २८, २०८० काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि ललितपुरमा सुरु हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट बैठक सुरु हुने छ ।
 
तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
 
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेका नेता रिजालले जानकारी दिए ।