Trending :
 

नेपालमा हालसम्म कृषि ऐन नै नहुनु दुःखद् रहेको मन्त्री भुसालको भनाई

बैशाख २८,२०८०

-आस्था न्यूज

बैशाख २८, २०८० काठमाडौं ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताएका छन्।
 
बिहीबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 
 
उनले नेपाल कृषिप्रधान देश हो भन्ने गरे पनि हालसम्म कृषि ऐन नै नहुनु दुःखद् भएको उल्लेख गर्दै अहिले मन्त्रालयले कृषि ऐन बनाउनका लागि मस्यौदा तयार पारिरहेको जानकारी दिए। कृषि ऐन बनाउन सकेमात्रै पनि कृषि उपज कतिपय समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे।
 
उनले भने, ‘हाम्रो मुल कृषि ऐन नै रहेनछ, कृषि ऐन नै छैन। भन्न त हामीले कृषिप्रधान देश भन्छौं तर कृषितन्त्र अर्थतन्त्रको मेरुदण्ड भन्छौं तर कृषि ऐन नै छैन, त्यो बनाउनुपर्छ भनेर छिटोभन्दा छिटो बनाउँ भनेर मन्त्रालयबाट अघि बढाइरहेका छौं। अघि बढ्दैछ, मस्यौदाको क्रममा छ, त्यसलाई ल्यान सकेमात्रै पनि कतिपय कुराहरु स्पष्ट हुन्छन्।’
 
मन्त्री भुसालले आधुनिक समयमा पाखुराको बलमा खाद्यान्न उत्पानमा वृद्धि गर्छु भन्नु गलत भएको बताए। उनले जतिसक्दो धेरै यान्त्रीकरणमा गएर कृषि उत्पादन वृद्धि गर्न सकिने उल्लेख गरे। 
 
उनले जनशक्तिको अभावका कारण अहिले आधाभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहेको बता। तराईका ५० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन सिँचाइको सुविधा नहुँदा बाँझो रहेको उनले उल्लेख गरे।