जेठमा कर्जाको व्याजदर घटाउने तयारी

बैशाख २८,२०८०

-आस्था न्यूज

बैशाख २८, २०८० काठमाडौं ।
नेपाल बैंकर्स संघले आगामी महिना (जेठ) मा कर्जाको व्याजदर घटाउने भएको छ । निक्षेपको ब्याजदर यथावत् नै रहने भएको छ ।
 
नेपाल बैंकर्स संघको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर यथावत् नै राख्ने भएको हो । भने कर्जाको व्याज घटाउने निर्णय गरेको छ । नयाँ व्याजदर भने सार्वजनिक गरिएको छैन ।
 
वैशाखमा निक्षेपको ब्याजदर घटेर एकल अंकमा आएको थियो । व्यक्तिगत मुद्धती निक्षेपको व्याजदर ९.९९ प्रतिशत, मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत तथा बचतमा ५.४ देखि ७.४ प्रतिशतसम्म व्याजदर रहेको थियो ।