Trending :
 

टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको एमालेको प्रष्टीकरण

बैशाख २८,२०८०

-आस्था न्यूज

बैशाख २८, २०८० काठमाडौं ।
नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी सम्पर्कमा नरहेको बताएको छ। पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले रायमाझी पार्टीको सम्पर्कमा नरहको बताए।
 
उहाँ हाम्रो सम्पर्कमा हुनुहुन्न। सम्पर्कमा भएको भए त प्रहरीले पक्राउ गरिहाल्थ्यो नि, सञ्चारकर्मीको जिज्ञासामा उनले भने। एमालेले रायमाझीलाई यसअघि नै निलम्बन गरिसकेको छ। सचिवालय बैठकको निर्णयपछि पार्टीले उहाँलाई निलम्बन गरिसकेको छ। आशा छ, उहाँको निलम्बन फुकुवा गर्न पाउँ, उनले थपे।
 
शरणार्थी प्रकरणमा संलग्न देखिएपछि प्रहरीले रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। पक्राउ पूर्जी जारी भएपछि उनी सम्पर्कविहीन बनेका छन्।
रायमाझी प्रहरीको फरार सूचीमा छन्।