Trending :
 

एमाले केन्द्रीय कमिटी बैठकमा आजदेखि पेस भएका प्रतिवेदनमा समूहगत छलफल हुने

बैशाख २९,२०८०

-

वैशाख २९, २०८० काठमाडौं । 
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा आजदेखि पेस भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ ।
 
बिहीबारको बैठकमा मिसन ग्रासरुट अभियानबारे प्रदेशगत रूपमा तयार पारिएका प्रतिवेदन प्रस्तुत गरिएको थियो । बाँकी रहेका प्रतिवेदन शुक्रबार (आज) नै प्रस्तुत गरिनेछ ।
 
प्रतिवेदन प्रस्तुत भएपछि समूह बनाएर छलफल गरिने एमालेले जनाएको छ । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्नेछन् ।
 
बिहीबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ ।