राष्ट्र बैंकले तेस्रो समीक्षामार्फत बैंकदर १ प्रतिशत विन्दुले घटायो

बैशाख २९,२०८०

-आस्था न्यूज

वैशाख २९, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत बैंकदर १ प्रतिशत विन्दुले घटाएको छ । यसअघि साढे ८ प्रतिशत रहेको बैंकदर अब साढे ७ प्रतिशत कायम गरिएको छ । 
 
सरकारी धितोपत्रहरूको सुरक्षणमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने ऋणमा लिने ब्याजदरलाई नै बैंकदर भनिन्छ ।
 
हालको नीतिगत दर ७ प्रतिशतलाई यथावत राखिएको छ । राष्ट्र बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्धवार्षिक समीक्षामार्फत नीतिगत दर ७ प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
 
यो सुविधालाई राष्ट्र बैंकले तेस्रो समीक्षामार्फत पनि निरन्तरता दिएको छ ।