युवा पुस्ता लक्षित लक्ष्मण श्रीको गीत ‘म तिम्रै डल्ले हो’ (भिडियो सहित)

बैशाख ३०,२०८०

-आस्था न्यूज

वैशाख ३०, २०८० काठमाडौं । 
गायक तथा मोडल लक्ष्मण श्रीले गायिका मिलन नेवारको सहकार्यमा ‘म तिम्रै डल्ले हो’ नामक नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् ।
 
एकनारायण भण्डारीको शब्द रचना रहेको उक्त गीतमा आशिष अविरलले संगीत दिएका छन् । 
 
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकार भेटघाटसँगै गीतको भिडियो सार्वजनिक गरिएको हो ।
 
गायिका मिलन र गायक लक्ष्मणको युगल आवाज रहेको गीतमा एकले अर्कोलाई माया प्रेमका भाव प्रकट गरेका छन् । 
 
त्यस्तै, डान्सिङ बिटमा तयार भएको गीतको भिडियोमा ‘कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन, कोरियोग्राफी तथा सम्पादन गरेका छन् भने पवन सुश्लीङले छयांकन गरेका हुन् ।
 
सोही भिडियोमा निर्देशन गरेका सरोज अधिकारी, मोडल आश्मा विश्वकर्मा, गायक तथा मोडल लक्ष्मण श्री र मोडल स्मारिका ढकालको नृत्य रहेको छ । 
 
गीतको भिडियो सार्वजनिक कार्यक्रममा यसभन्दा अघि पनि दर्जनौँ गीतमा आवाज दिनुका साथै विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेको जानकारी दिँदै गायक लक्ष्मणले यस पटक युवा पुस्तालाई लक्षित गरेर केही फरक एवं पृथक गीत र भिडियो ल्याएको बताए ।
 
आफूले यही गीत संगीतमार्फत विभिन्न क्षेत्रमा समाजसेवा गरेको समेत गायक लक्ष्मणले जानकारी दिए । 
 
गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस-
https://youtu.be/r3Ucq1nh5pw