Trending :
 

राष्ट्रिय जनमोर्चाले ‘अमेरिका विरुद्ध आजबाट मेची-महाकाली अभियान’ सुरु गर्दै

जेठ ०१,२०८०

-आस्था न्यूज

जेठ १, २०८० काठमाडौं ।
राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवादका विरुद्ध मेची-महाकाली अभियान’ आज सुरु गर्दैछ ।
 
पूर्वनिर्धारित कार्यक्रम अनुसार जेठ १५ गतेसम्म सञ्चालन हुने अभियानको आज दुई स्थानमा उद्घाटन हुँदैछ ।
 
अभियानको कञ्चनपुरको महेन्द्रनगर र बागलुङमा अलग अलग उद्घाटन गरिने महासचिव महासचिव मनोज भट्टले जानकारी दिए ।
 
उनका अनुसार महेन्द्रनगरबाट सुरु हुने अभियानको नेतृत्व महासचिव भट्टले र बाग्लुङबाट सुरु हुने अभियानको नेतृत्व उपाध्यक्ष दुर्गा पौडेलले गर्नेछिन् ।
 
बाग्लुङबाटै अर्को टोलीको नेतृत्व युवा नेता कृष्ण अधिकारीले र बारादेखि सुरु भएको अभियानको नेतृत्व सचिव हिमलाल पुरीले गर्ने उनले बताएका छन् ।
 
अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि खतरा देखिएको भन्दै जनमोर्चाले जनजागरण अभियान सञ्चालन गर्न लागेको हो।
 
अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायतका परियोजनाबाट अमेरिकाले नेपालमा आन्तरिक हस्तक्षेप बढाएको जनमोर्चाको निष्कर्ष छ ।
 
सो अभियानका क्रममा देशैभरी सांस्कृतिक कार्यक्रम, कोणसभा, विरोध सभा, पत्रकार सम्मेलन तथा जनभेटघाटसहित सडक अन्तर्क्रिया कार्यक्रम हुनेछन् ।
 
जेठ १५ गते एकै दिन बुटवल र काठमाडौँमा विशेष कार्यक्रमका साथ अभियान समापन गरिनेछ ।