शेयर बजार आठ महिनायताकै तल्लो विन्दुमा

जेठ ०१,२०८०

-आस्था न्यूज

जेठ १, २०८० काठमाडौं ।
शेयर बजार आज सोमवार पनि घटेको छ । पछिल्लो समय निरन्तर ओरालो लागेर आठ महिनायताकै तल्लो विन्दुमा परेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३३ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ विन्दुमा झरेको हो ।
 
आज माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन र फाइनान्स समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ ।
 
दुई सय ६६ वटा कम्पनीका २३ लाख ४१ हजार कित्ता शेयर ७२ करोड ४९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको तीन करोड रुपैयाँको शेयर किनबेच भयो ।