Trending :
 

वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेकोमा जोड

जेठ ०१,२०८०

-आस्था न्यूज

जेठ १, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
 
सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती सम्बन्धी एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र बजारले वित्त नीतिभन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरेको बताए ।
 
मौद्रिक नीतिबाट सरकारले धेरै अपेक्षा गरे पनि मौद्रिक नीतिमा सीमितता रहेकाले सबै अपेक्षा समेट्न नसक्ने उनको भनाइ थियो । उनले राजनीतिक व्यवस्थामा चेक एण्ड ब्यालेन्स भए जस्तै मौद्रिक र वित्त नीतिमा पनि आवश्यक रहेको बताएका थिए । मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमा नीति र नियमनका कारण आगामी दिन चुनौतीपूर्ण रहेको उल्लेख गरेका थिए ।