Trending :
 

खाँणले निर्दोष प्रमाणित गर्छु भनेपछि पार्टीबाट निलम्बन नगरिएको होः प्रवक्ता महत

जेठ ०२,२०८०

-आस्था न्यूज

जेठ २, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता रामशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँणलाई निलम्बन नगर्नुको कारण बताएका छन् ।
 
मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा महतले, खाँणले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बन नगरेको बताएका हुन् । उनले निर्दोष रहेको खाँणले भनिरहेकाले निलम्बनको निर्णय नगरेको बताएका हुन् । यसबारे अनुसन्धान परिपक्क र स्वतन्त्र हुनुपर्ने बताउँदै महतले त्यसमा कांग्रेसले पनि सहयोग गर्ने बताए ।
 
गिरोहसँग लेनदेन गरेको आरोप लागेपछि खाँणलाई गत वैशाख २७ गते प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।
 
खाँण पक्राउ परेपछि पार्टी सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गरेका थिए । सो छलफलमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए ।