Trending :
 

शरणार्थी प्रकरण अनुसन्धानमा सरकार कसैको पक्ष र विपक्षमा लाग्दैन्ः गृहमन्त्री श्रेष्ठ

जेठ ०२,२०८०

-आस्था न्यूज

जेठ  २, २०८० काठमाडौं ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार कसैको पक्ष र विपक्षमा नरहने बताएका छन् ।
 
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको दबाबमा पछि नहट्ने पनि बताए ।
 
‘अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको लक्ष्य रहेको उनको भनाई छ ।
 
उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारका अन्य प्रकरणहरुको पनि अनुसन्धान हुने बताए । उनले अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानूनी दायरामा ल्याउने सरकारको काम भएको पनि स्पष्ट पारे