Trending :
 

निर्वाचनमा समानुपातिक प्रणाली खारेज गर्न कांग्रेस नेता शेखर कोइरालाको माग

जेठ ०३,२०८०

-आस्था न्यूज

जेठ ३, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान निर्वाचन पद्धतिले विकृति बढाएको बताएका छन् ।
 
काठमाडौंमा प्रजातान्त्रिक विचार समाजको २५औं साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएकाले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने बताए ।
 
आगामी दिनमा हुने जुनसुकै निर्वाचनमा कांग्रेस पार्टी एक्लै जानुपर्ने उनको भनाइ थियो । 
 
पछिल्ला दिनहरूमा राजनीतिक दल र नेताहरूप्रति आम जनताको धारणा नकारात्मक रहेकोले नेताहरू सुध्रिने समय आएको उनले बताए ।