बुधबार शेयर बजार दोहोरो अङ्कले बढ्यो

जेठ ०३,२०८०

-आस्था न्यूज

जेठ ३, २०८० काठमाडौं ।
शेयर बजार आज बुधवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव शून्य एक विन्दुमा पुगेको छ ।
 
आज सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै आज कारोबार रकम पनि बढेको छ । दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार कित्ता शेयर ८५ करोड ७६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको पाँच करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
 
आज सबेभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशत तथा इस्टर्न हाइड्रोपावर लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड र आदर्श लघुवित्तको शेयर साढे नौ प्रतिशतभन्दा धेरै बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै माईखोला जलविद्युत् कम्पनीको शेयर झन्डै आठ घटेको छ ।