Trending :
 

गौर हत्याकाण्डसँगै दरबार हत्याकाण्ड पनि छानबिन हुनुपर्ने प्रधानमन्त्रीको भनाई

जेठ ०४,२०८०

-आस्था न्यूज

जेठ ४, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन दरबार हत्याकाण्डको पनि छानबिन हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।
 
बैठकमा सांसद प्रभु साहले गौर हत्याकाण्डको छानबिनका विषयमा प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्ड पनि छानबिन हुनुपर्ने बताए ।
 
“गौर हत्याकाण्ड मात्र होइन, देशको ठूलो र डरलाग्दो दरबार हत्याकाण्ड पनि छानबिन हुनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “मैले ०४८ सालयताका भ्रष्टाचार छानबिन गर्ने भनेको छु । कसैलाई पनि उन्मुक्ति हुँदैन ।”