Trending :
 

शरणार्थी प्रकरणमा संलग्न जुनसुकै तहका व्यक्ति भए पनि छानविन हुने प्रधानमन्त्रीको दाबी

जेठ ०४,२०८०

-आस्था न्यूज

जेठ ४, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै तहका व्यक्ति संलग्न भए पनि उम्कन नपाउने बताएका छन्।
 
नेकपा एकीकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवरले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा जुनसुकै भीआईपी र भीभीआईपी संलग्न देखिए पनि पक्राउ गरेर छानबिन हुने र दोषी देखिएमा कारबाही हुने बताए।
 
उनले प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धानमा कतैबाट पनि हस्तक्षेप नभएको र हस्तक्षेप हुन नदिनेमा प्रतिबद्धता पनि व्यक्त गरे । उनले दोषी  देखिएका व्यक्तिलाई कानुनको दायरामा ल्याउन कुनै कसर बाँकी नराखेको र बाँकी नराख्ने पनि बताए ।
 
दोषी नउम्कियोस् र निर्दोष नफसोस् भन्नेमा सरकार सचेत रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचारका अरु प्रकरणको पनि क्रमश छानबिन गर्ने दाबी गरे